सिराहा । धनगढी माइ नगरपालिका-५ जिरोमाइलस्थित सडकमा सुखिपुरबाट जिरोमाइल तर्फ आउँदै गरेको स.११ प १६५८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ गोठ टोल बस्ने ६५ वर्षीया चन्द्र देवी यादवको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।