काठमाडौं । आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म वीपी राजमार्ग बन्द हुने भएको छ । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल– भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको हो ।
काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा– बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड बन्द हुने जनाइएको छ ।
चौकीडाँडा–बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ ।
