भन्सार छलेर भित्र्याइएको मोटरपार्ट्सदेखि कस्मेटिकका १० लाख बराबरको सामान बरामद

भन्सार छलेर भित्र्याइएको मोटरपार्ट्सदेखि कस्मेटिकका १० लाख बराबरको सामान बरामद

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • भन्सार छलेर भित्र्याइएको मोटरपार्ट्सदेखि कस्मेटिकका १० लाख बराबरको सामान बरामद

    वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

    सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको  जानकारी दिए। 

    यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार ८ सय रुपैयाँ बराबरका कपडा बरामद गरेको थियो । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij