सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । निर्धारित समयमा निरौलाविरुद्ध दुईवटा उजुरी परेको हो ।

    सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । 

    एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

    न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij