मार्फामा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मार्फामा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • मार्फामा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र  मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ आउँदै गरेको ना१च ७६९२ नम्बरको कार आपसमा ठोकिएका हुन्। 

    दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए। 

    दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij