प्रभु साहले मिनबहादुर गुरुङसँग पार्टी कार्यालयका लागि मागे जग्गा

प्रभु साहले मिनबहादुर गुरुङसँग पार्टी कार्यालयका लागि मागे जग्गा

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • प्रभु साहले मिनबहादुर गुरुङसँग पार्टी कार्यालयका लागि मागे जग्गा

    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग जग्गा माग गरेका छन् ।

    दशैं, दिपावली एंव छठ पर्वको शुभ अवसरमा मंगलबार सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन् ।

    ‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’ उनले भने।

    अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको बताए । ‘दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ,’ साहको भनाइ थियो। एमाले लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरुबाटै सय सय रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने अवस्था रहेको तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए ।

    आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने बताउँदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी प्रभु साहले लिन तयार रहेको आह्वान गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij