कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।

    साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij