पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक लाग्दैन : विकास कोष

पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक लाग्दैन : विकास कोष

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक लाग्दैन : विकास कोष

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालामा मारवाडी सेवा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको बताएको छ । कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको स्पष्ट पारेको हो । मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि कोषले यसबारे प्रष्ट पारेको हो ।

    काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्रै पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चानसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । तर, मारवाडीहरूले पशुपति गौशाला धर्मशालामा मोही भएको दावी गरेका छन् ।  उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन् ।

    पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो । तर उनीहरू उक्त मुद्दाको अन्तिम किनारा लाग्न बाँकी रहेको भन्दै विरोधमा उत्रिएका छन् । 

    केही दिनअघि मात्रै धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको थियो । तर उनीहरूले आफूहरूले मोहियानी हक पाउनुपर्ने भन्दै विरोधमा उत्रिएका थिए ।

    मारवाडीसँग भएको सम्झौता रद्ध भएपछि महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij