पशुपतिस्थित धर्मशाला सञ्चालन गर्न महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

पशुपतिस्थित धर्मशाला सञ्चालन गर्न महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • पशुपतिस्थित धर्मशाला सञ्चालन गर्न महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

    काठमाडौं । महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग शान्ति सुरक्षा माग गरेको छ । महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

    पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । 

    जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने बताइरहेको छ ।

    462546183_1618450938764095_8330207958842319085_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij