काठमाडौं । मकवानपुरमा १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।
उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन् । उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए ।
तत्काल उपचारको लागि झुरझुरे स्थित सान्भि मेडिकलमा लगेकोमा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए ।
शव राति पौने २ बजे मुचुल्का उठाएपश्चात हेटौंडा अस्पतालमा लगिएको छ ।