सरकारी कार्यालय खुलेसंगै राजधानी लगायतका शहरमा चहल पहल बढ्दै

सरकारी कार्यालय खुलेसंगै राजधानी लगायतका शहरमा चहल पहल बढ्दै

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • सरकारी कार्यालय खुलेसंगै राजधानी लगायतका शहरमा चहल पहल बढ्दै

    काठमाडौं ।  लामो दशैबिदापछि आज सरकारी कार्यालय खुलेसंगै राजधानी लगायतका शहरमा चहल पहल बढ्न थालेको छ । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेपछि बजार, सडक लगायतका स्थानमा चहल पहल देखिन थालेको हो । 

    सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुलेपछि दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको ट्राफिक प्रहरीले जनाएको छ । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको बताइएको छ । 

    यस वर्षको दशैंमा करिव १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम  आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij