आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै विपी राजमार्ग, भोलिदेखि रुटको गाडी चलाउन पाइने

आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै विपी राजमार्ग, भोलिदेखि रुटको गाडी चलाउन पाइने

सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै विपी राजमार्ग, भोलिदेखि रुटको गाडी चलाउन पाइने

    काठमाडौं ।  वीपी राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

    सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

    दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ ।

    साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको जनाइएकाे छ ।

    भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij