घट्दै काठमाडौं उपत्यकाको तापक्रम, न्यूनतम तापक्रम १५ भन्दा कम

घट्दै काठमाडौं उपत्यकाको तापक्रम, न्यूनतम तापक्रम १५ भन्दा कम

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • घट्दै काठमाडौं उपत्यकाको तापक्रम, न्यूनतम तापक्रम १५ भन्दा कम

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो ।

    आइतबार (आज) काठमाडौंको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो ।

    समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो ।

    मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै पोस्ट मनसुन सिजन सुरु भएको छ । अब देशभर तापक्रम घट्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij