लमजुङमा जीप दुर्घटना हुँदा १९ यात्रु घाइते

लमजुङमा जीप दुर्घटना हुँदा १९ यात्रु घाइते

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • लमजुङमा जीप दुर्घटना हुँदा १९ यात्रु घाइते

    काठमाडौं । लमजुङको बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप आइतबार बिहान सवा ११ बजेतिर मकैडाँडामा दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको छ ।

    घाइतेहरूको अवस्था सामान्य रहेको छ ।  घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको छ ।

    जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij