काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी। विजया दशमीको टीका लगाउने क्रम आइतबार पनि जारी छ। नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम मुलुकका अधिकांस ठाँउमा कोजाग्रत पूर्णिमासम्मै रहन्छ।
आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गएर टीका ग्रहण गर्ने गरिन्छ।
टाढा रहेका आफन्तकहाँ टीका लगाउनु पर्ने भएकाले पनि पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद्को भनाइ छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम पनि सकिनेछ ।