बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालनमा, ठूला गाडी चलाउन रोक

बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालनमा, ठूला गाडी चलाउन रोक

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालनमा, ठूला गाडी चलाउन रोक

    काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा सुक्खा पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा दुई पाङ्ग्रे तथा साना गाडीका लागि मात्रै सञ्चालन भएको छ । अझै पनि सुक्खा पहिरो खस्नेक्रम नरोकिएकाले र सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाएको प्रहरीले जनाएको छ ।

    सडक खुलाउन निरन्तर प्रयास भइरहे पनि निर्बाधरुपमा दुईतर्फी सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । उनले सडकको अवस्था निकै कमजोर रहेकाले सकेसम्म जोखिम मोलेर यात्रा नगर्न र ठूला गाडी नचलाउन सबैमा आग्रह गरेका छन् ।

    दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सुक्खा पहिरो र सडकको अवस्था हेरेर सावधानीपूर्व यात्रा गर्न उनले सबैमा अनुरोध गरेका छन् । १४ दिनपछि हिजो बिहान खुलेको सडक सुक्खा पहिरोका कारण फरि बन्द भएको थियो ।

    गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । चाडवाडको बेलामा छोटो दूरीको सडक अवरुद्ध हुँदा यात्रुहरुले समस्या भोग्नु परेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij