मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु

मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु

    काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा आज करेन्ट लागेर दुई जना बालिकाको ज्यान गएको छ । चिसापानीको कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

    पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij