प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज मध्यान्ह बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुुन् । 
     
    साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएका छन् ।  यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । 
     
    यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij