सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्ग पुनः एकतर्फी खुल्यो

सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्ग पुनः एकतर्फी खुल्यो

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • सुख्खा पहिरो पन्छाएपछि बीपी राजमार्ग पुनः एकतर्फी खुल्यो

    काठमाडौं । काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु भएकाे हाे । 

    खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।

    यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

    पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो ।

    साथै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij