सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु

सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • सुर्खेत जाँदै गरेको बस दैलेखमा दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं । दैलेखमा मिनि बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेख सुर्खेत सडक खण्डअन्तर्गत गुराँस गाउँपालिका–४ डबल गैरामा बस दुर्घटना भएको हो ।

    दुल्लुदेखि सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको मिनि बस बिहीबार राति स्थानीय रिठा भन्ने स्थानमा बास बसेको थियो । शुक्रबार बिहान रिठाबाट सुर्खेततर्फ जाने क्रममा दुर्घटनामा परेको हो । 

    मिनि बसमा चालकसहित तीनजना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मिनि बस दुर्घटनामा तीनैजना घाइते भएका थिए । प्रहरीका अनुसार तीनैजनाको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

    उपचारका लागि पठाइएका तीनमध्ये दुल्लु नगरपालिका–१३ का २२ वर्षीय महेन्द्र शाहीको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालम २४ वर्षीय बिरेन्द्रबहादुर शाही र गाडीमा सवार १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij