आउँदो तिहार र छठमासमेत चिनीको अभाव नहुने

आउँदो तिहार र छठमासमेत चिनीको अभाव नहुने

शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • आउँदो तिहार र छठमासमेत चिनीको अभाव नहुने

    काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आउँदो तिहार र छठमासमेत चिनीको अभाव नहुने जनाएको छ । तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन शुरु गरेको साल्टट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

    कर्पोरेशनले भारतबाट ५० किलोका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जको आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन शुरु भएकाले मुख्य पर्व तथा अरू समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।    

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij