दशैंमा २ दिन नेपाल प्रहरीले निःशुल्क बस चलाउने, यस्तो छ रुट ?

दशैंमा २ दिन नेपाल प्रहरीले निःशुल्क बस चलाउने, यस्तो छ रुट ?

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • दशैंमा २ दिन नेपाल प्रहरीले निःशुल्क बस चलाउने, यस्तो छ रुट ?

    काठमाडौं ।  नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।  २५ र २६ गते प्रहरीले फरक फरक दुई रुटमा निःशुल्क बस सेवा दिन लागेको हो ।

    दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागेको जनाइएको छ । दुबै रुटमा बिहान ८ ः३० बजेदेखि ४ बजेसम्म यात्रुहरूले यो सेवा लिन पाउने छन् । 

    एउटा बस रिङरोडभित्रका सर्वसाधारणहलाई चढाउने भने अर्को बसले रिङरोड बाहिरका सर्वसाधरणलाई चढाउनेछ । 

    जसमा काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

    यसैगरी, अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

    May be an image of text

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij