काठमाडौं । काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको चरङ्गेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
दुर्घटनामा २३ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको च्यारोल्पा अस्पताल चरिकोटले जनाएको छ ।
ओभर स्पीडका कारण दुर्घटना भएको डिएसपी खड्काले जानकारी दिए । बसमा ४३ जना सवार थिए ।