होटलमा लागुऔषध कारोबार गर्दै गरेका ७ जना पक्राउ

होटलमा लागुऔषध कारोबार गर्दै गरेका ७ जना पक्राउ

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • होटलमा लागुऔषध कारोबार गर्दै गरेका ७ जना पक्राउ

    काठमाडौं । सुनसरी प्रहरीले लागुऔषधसहित सातजनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कुमार कुमार राइको होटलबाट उनीहरूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए  । 

    नडाहामा राइले सञ्चालन गरेको होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो । लागुऔषधिसहित बराहक्षेत्र  नगरपालिका-३ का  अनिल विक, कन्चन राई, सन्दिप राई, वडा नम्बर-७ को कर्ण राई, आकास राई, अस्बिन श्रेष्ठ र हिमन सुनुवारलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए । 

    उनीहरूको साथबाट ट्रामाडोल ३ सय ५ पिस, डिकोलिक २ सय ९० पिस तथा ९ हजार ९ सय १५ रुपैयाँ बरामद गरिएको उनले बताए । पक्राउ परेका सातैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जानाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij