केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्दै एमाले, ओलीले भोलि भवन शिलान्यास गर्ने

केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्दै एमाले, ओलीले भोलि भवन शिलान्यास गर्ने

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्दै एमाले, ओलीले भोलि भवन शिलान्यास गर्ने

    काठमाडौं । नेकपा एमालेले आफ्नै भवन निर्माण गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै छन् ।

    आज मध्यान्ह बसेको सचिवालय बैठकले भोलि १२:२५ मा कीर्तिपुर-२ को घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा केन्द्रीय कार्यालय शिलान्यास गर्ने तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    कलंकी तीनथानानजिकै १० रोपनीभन्दा बढीको क्षेत्रफलमा एमालेले कार्यालय भवन निर्माण गर्न लागेको हो । ओलीले आज बैठकममा भवन शिलान्यासबारे पनि ब्रिफिङ गरेका थिए । २०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले धुम्बाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा भाडामा बस्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij