बीपी राजमार्ग भोलिबाट एकतर्फी संचालनमा आउने

बीपी राजमार्ग भोलिबाट एकतर्फी संचालनमा आउने

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • बीपी राजमार्ग भोलिबाट एकतर्फी संचालनमा आउने

    काठमाडौं । बीपी राजमार्ग शुक्रबारबाट संचालनमा आउने भएको छ । त्यसका लागि फूलपातीको दिन पनि सडक बनाउने काम तीव्ररुपमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका सचिव केशवकुमार शर्मा नेतृत्वको टोली बिहीबार बिहानै बाढीले बगाएको राजमार्गका विभिन्न खण्ड हेरी डाइभर्सन बनाएर सडक संचालनमा ल्याउन लागिएको हो । 

    कतै खोलो तर्काएर त कतै एकतर्फी रुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक संचालनमा ल्याउन लागिएको शर्माको भनाइ छ । उक्त राजमार्गको काभ्रेभन्ज्याङ-नेपालथोक खन्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ । यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छ्न् ।

    पूर्व र तराईंका लागि यही सडक भएर सवारी साधान उपत्यकाबाट बाहिरिने गरेका छ्न् । सडक बन्द भएपछि यात्रुहरु वैकल्पिक मार्ग प्रयोग गरेर गइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij