सरकारी वकिलको गोप्य भिडियो खिचेर पैसा माग्ने पक्राउ

सरकारी वकिलको गोप्य भिडियो खिचेर पैसा माग्ने पक्राउ

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • सरकारी वकिलको गोप्य भिडियो खिचेर पैसा माग्ने पक्राउ

    काठमाडौं । सरकारी वकिलले पैसा लिएको भिडियो गोप्य रुपमा खिचेर सार्वजनिक गरिदिने भन्दै पैसा माग्ने एक युवक पक्राउ परेका छन्। गोरखा घर भइ कपन बस्ने अश्विन दानीलाई काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयले पक्राउ गरेको हो । 

    प्रहरी अनुसार उनले केही हप्ताअघि नुवाकोटका एक सरकारी वकिलले पैसा लेनदेन गरेको भिडियो गोप्य रुपमा खिचेका थिए ।

    घुस लिएको भनेर सार्वजनिक गरिदिने भन्दै उनले १२ लाख मागेका थिए । तिनै सरकारी वकिलको उजुरीका आधारमा दानी पक्राउ परेका हुन् । आफुलाई पत्रकार बताउने दानी यसअघि चोरी र ठगी मुद्दामा पक्राउ परेको समेत खुलेको छ । उनीविरुद्ध अपाराधिक लाभ मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij