काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ ।
‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा चारदेखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगले जनाएकाे छ ।
महानगरले क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु हुन् । यी खेलका लागि १२ हजार १२१ जना विद्यार्थी सहभागी हुन इच्छुक रहेको महानगरले जनाएको छ ।
पोखरेलका अनुसार कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरूलाई मंसिरको १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थी मध्येबाट हुनेछ ।
प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइने बताइएको छ । यसअन्तर्गत मंसिर, पुस र माघ गरी तीन महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी रहेका महानगरले जानकारी दिएको छ ।
जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी चार समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा चारदेखि आठसम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी हुनेछन् ।
कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसईईको तयारीमा प्रोत्साहन गरिने बताइएको छ । खेलका तालिम चलाउन नियमित कक्षा अघि र पछि अनि विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिने र प्रतियोगितालाई अन्तर्राराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिने जनाइएको छ ।