पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • पर्वतमा स्कार्पियो सडकबाट सयमिटर तल खस्दा १० यात्रु घाइते

    काठमाडौं । पर्वतमा गाडी दुर्घटनामा परेको छ। पोखराबाट १२ जना यात्रु बोकेर महाशिला जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो।

    बुधबार राति १० बजे फलेवास नगरपालिका र महाशिला गाउँपालिका–५ मा लंखुमा गाडी दुर्घटनामा परेको  प्रहरीले जनाएको छ ।  उक्त दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइते भएकाहरूको जिल्ला अस्पताल कुस्मा उपचार गरिएका ५ जना डिस्चार्ज भइसकेका छन्। ५ जनाको थप उपचार गर्न पोखरा रिफर गरिएको छ।

    घाइतेमध्ये चालकको अवस्था गम्भीर प्रहरीले जनाएको छ । सडक निर्माण गर्न त्यहाँ ढुंगाहरू छापिएका छन्। बाटो अप्ठारो भएकै कारण गाडी दुर्घटनामा परेको प्रहरी अनुमान छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij