निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • निलम्बित इन्स्पेक्टर शाहीमाथि मुद्दा चलाउन सिफारिस

    काठमाडौं । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि मुद्दा चलाउन सिफारिस भएको छ ।

    हनी ट्रयापमा पारेर ३० लाख  लेनदेन गरेको आरोप लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले सोमबार परिसर प्रमुख एसएसपी शेखर खनाल समक्ष प्रतिवेदन पेश गरेको थियो ।

    अहिले सो प्रतिवेदन कार्यालयमा बुझाएको हो । समितिका अनुसार प्रहरी निरीक्षक शाहीले कार्यालयमै बोलाएर लेनदेन गराउनमा भूमिका खेलेपछि मुद्दा चलाउनुपर्ने आधार देखिएको हो । बलात्कारको मुद्दामा फसाउने भन्दै प्रहरीको दुरूपयोग गरी लेनदेन भएको खुलेको हो । यस घटना बाहिरिएपछि प्रहरी निरीक्षक शाहीलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो । परिसरले यस घटनामा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij