काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो ।
मन्दिरभन्दा माथिबाट आएको पहिरोले पूर्ण रूपमा ककनीको मन्दिर बगाएको चम्पादेवी गाउँपालिकाले जनाएकाे छ । केही साताअघिको पहिरोले सामान्य क्षति गरेको भएपनि बुधबार राति आएको पहिरोले मन्दिर पूर्ण रूपमा बगाएको छ ।
हरेक वर्षको ठुली एकादशीमा यहाँ मेला लाग्छ । दर्शनार्थीहरुले शक्ति पिठका रूपमा यहाँ पूजाआजा गर्ने गर्दछन् ।