मंसिर ३ सम्म मौसम बदली रहने, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंसिर ३ सम्म मौसम बदली रहने, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • मंसिर ३ सम्म मौसम बदली रहने, तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न भूभागमा मौसम बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने तथा पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार तराईका थोरै स्थानमा आगामी बिहीबारसम्म हुस्सु लाग्न सक्ने सम्भावना छ । तराई क्षेत्रमा भने आगामी साताभर वर्षाको सम्भावना नरहेको जनाइएको छ ।

    पहाडी क्षेत्रमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अर्थात् १० देखि ३० प्रतिशत भूभागमा मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ ।

    यसैगरी शनिबार तथा बुधबार र बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।

    हिमाली क्षेत्रमा पनि केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

    त्यस्तै शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्नेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij