काठमाडौं । डोटीस्थित सेती नदीमा बेवारिसे शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित पक्की पुल नजिकै सेती नदीमा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरीले शव निकालेको प्रहरीले जनाएकाे छ ।
शवको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।