पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

    काठमाडौं । गोरखामा अविरल वर्षाका कारण पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल घ्याम्पेसाल सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्र्तगत भिमसेन थापा गाउँपालिका–१ मसेलमा गएको पहिरोले अवरुद्ध निबेल घ्याम्पेसाल सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको हो । 

    झण्डै सय मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुंगा, माटो र ठुला रुखहरुलाई पन्छाउन भिमसेन थापा गाउँपालिकाको जेसिबी प्रयोग गरी १२ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको भिमसेन थापा गाउँपालिककाे जनाएकाे छ । धादिङ हुँदै गोरखाको आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका हुँदै यात्रा गर्ने सवारीसाधनहरु आवतजावत गर्ने मुख्य सडक भएकाले गाउँपालिका, प्रहरी र नेपाली सेनाको सहयोगमा छिट्टै नै सञ्चालनमा ल्याइएको जनाइएकाे छ । 

    भिमसेन थापा गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रुपमा भइरहेता पनि उक्त क्षेत्रमा पहिरो गईरहेकाले दुई तर्फ सञ्चालनमा ल्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ । सय मिटर माथिबाट आएको पहिरोले गर्दा सफा गर्न राखिएको एउटा जेसिबी नै पहिरोमा पुरिएपछि त्यसलाई निकाल्न झण्डै ६-७ घण्टा लागेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएकाे छ । 

    बुधबारदेखि परेको अविरल वर्षाका कारण भिमसेन थापा गाउँपालिका अन्र्तगत निबेल घ्याम्पेसाल सडक खण्डमा ठुलो पहिरो गईरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्याक बाहेक अन्य काममा यात्रा नगर्न भीमसेन थापा गाउँपालिकाले अपिल गरेको छ । सय मिटरबाट माथिबाट आएको पहिरो पूर्ण रुपमा पन्छाई दुईतर्फी सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने गाउँपालिकाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij