सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नकर्मी कारागार चलान

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नकर्मी कारागार चलान

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नकर्मी कारागार चलान

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

    आइतबार अदालतमा उपस्थित भएपछि उनीमाथि थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश गरेका हुन् । योसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासत ६ जना पुगेका छन् ।

    गितेन्द्रबाबु ‘जीबी’ राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।

    यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । अहिले सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij