लोकन्थली बसपार्कमा सुनको सिक्री लुटपाट गरेको आरोपमा तीनजना पक्राउ

लोकन्थली बसपार्कमा सुनको सिक्री लुटपाट गरेको आरोपमा तीनजना पक्राउ

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • लोकन्थली बसपार्कमा सुनको सिक्री लुटपाट गरेको आरोपमा तीनजना पक्राउ

    काठमाडौं । भक्तपुरकाे लोकन्थली बसपार्कमा एक महिलाले लगाएको सुनको सिक्री लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत साउन २१ गते बिहान ११ बजे रामेछापकी कमला गौतमले लगाएको एक तोलाको सुनको सिक्री लुटपाट भएको थियो । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमालका खनक भन्ने अनिलकुमार तामाङ, नमोबुद्धका गणेश लामा र बेथानचोकका रोहित भन्ने सुरेश तामाङ छन् । 

    यो समूह लोकन्थली बसपार्कबाट गौतमको सिक्री लुटपाट गरेर फरार भएकाे थियाे । पक्राउ परेमध्येका अनिल यसअघि २०७१ जेठ १ गते पक्राउ परी अभद्र व्यवहार मुद्दामा कारबाही भोगेका अभियुक्त हुन् । 

    त्यस्तै गणेश २०७५ मंसिरमा २६ मा, २०७६ पुस ७ मा, २०७९ कात्तिक २१ मा र गत साउन ४ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र मुद्दा चलाइएका अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

    अर्का आरोपी सुरेश पनि पटके अभियुक्त हुन् । उनी यसअघि २०७८ कात्तिक ७ गते प्रहरी वृत्त बौद्धबाट, २०७८ भदौ ३० मा, २०७८ साउन ८ मा र २०७९ भदौ २६ मा प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij