काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु

    काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरको  रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो ।

    चन्द्रागिरि– १५ का धर्म दत्तको निर्माणाधीन घरमा रङ लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर नुवाकोट पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँ जरङ्खु डेरा गरी बस्ने ४१ वर्षीय अर्ण बहादुर थापा मगर घाइते भएका थिए ।

    छतबाट खस्न साथ तत्कालै उपचारका लागि कंलकीस्थित सहिद अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij