डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख पक्राउ

डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख पक्राउ

शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख पक्राउ

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरेको हो । ब्युरोले उनलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको जनाएको छ ।

    सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धकसहित उच्च तहका कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

    ब्युरोको प्रारम्भिक अनुसन्धानमा तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार विभिन्न समूह बनाई आपसी मिलेमतोमा सङ्गठित सञ्जाल सञ्चालन गरेको देखिएको छ ।

    यस प्रकरणमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

    जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिका आधारमा शर्मालाई पक्राउ गरिएको हो । यसअघि प्रहरीले यही प्रकरणको अनुसन्धानका लागि गत कात्तिक १३ गते संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij