काठमाडौं । सोलुखुम्बुको खुम्मु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा शुक्रबार आएको बाढीमा एकजना बेपत्ता भएका छन्। बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएकाे छ ।
नेपाली थामे खोलामा आएको बाढीका कारण १२ वटा घर पनि बगाएको छ । बाढीमा फसेका पाँचजनाको उद्धार सेनाले गरिसकेको छ ।
नेपाली सेनाको सल्लेरी ब्यारेककाले थामे पोस्टमा रहेका नेपाली सेनाको टोली स्थानीयको उद्धारमा खटिएको जानकारी गराएकाे छ । एकजना बेपत्ता भएको भनिएको र विवरण संकलन भइनसकेको जनाइएकाे छ ।