डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • डेंगु नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

    काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । मन्त्रालयले स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो ।

    निरोगी नेपाल बनाउने संकल्प पूरा गर्न मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँगसमेत आग्रह गरेको हो । शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुटे । 

    मन्त्रालयबाट सुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ । अभियानबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षलाई हेर्दा यसवर्ष संख्यात्मक रूपमा डेंगुको संख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुरु गरेको बताए ।

    उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाए अभियान सुरु गरेको बताए । उनले ६ भदौमा सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्न आह्वान गर्ने पनि बताए ।

    हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन उनले आग्रह गरे ।

    प्रवक्ता बुढाथोकीले सरसफाइ अभियानले डेंगु मात्र नभई अन्य रोग पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने सरकारको विश्वास छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij