नेपाल आइपुगे अमेरिकी उप-विदेशमन्त्री वर्मा

नेपाल आइपुगे अमेरिकी उप-विदेशमन्त्री वर्मा

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • नेपाल आइपुगे अमेरिकी उप-विदेशमन्त्री वर्मा

    काठमाडौं । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उप-विदेशमन्त्री वर्मा शुक्रबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । नेपाल आइपुगेका उप-विदेशमन्त्री वर्मालाई महाराजगञ्जस्थित दूतावासमा अमेरिकी राजदूत डिन आर थम्पसनले स्वागत गरेका थिए ।

    नेपाल भ्रमणका क्रममा उप-विदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरूलगायतलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार उप-विदेशमन्त्री वर्माले युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij