पहिरोले छिन्चु-जाजरकोट खण्ड अवरुद्ध

पहिरोले छिन्चु-जाजरकोट खण्ड अवरुद्ध

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • पहिरोले छिन्चु-जाजरकोट खण्ड अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा छिन्चु-जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि  सडक अवरुद्ध भएको हो ।  

    राजमार्ग अन्तर्गतको भेरी नगरपालिका- १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेको छ । छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका- १२ काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेको छ ।

    पहिरोका कारण सदरमुकाम खलंगाबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारीसाधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij