समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको धर्ना

समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको धर्ना

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको धर्ना

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका लापरबाहीविरुद्ध विद्यार्थीहरूले बिहीबार रातभर परीक्षा नियन्त्रकको कार्यलय बल्खुमा धर्ना दिएका छन् । त्रिविमा हुने बेथितीविरुद्ध तिनलाई सुधार गर्न दबाब दिन भन्दै विद्यार्थीहरूले धर्ना दिएका हुन् । 

    त्रिवि ढुङ्गेयुगमै रहेको र लापरबाहीको सीमा नाघेको भन्दै आफूहरूले धर्ना दिएको विद्यार्थीले बताएका छन् । नतिजा प्रकाशनको ९ महिनासम्म पनि ट्रान्सक्रिप्ट नपाएको, रिजल्ट प्रकाशन भएको २ दिनसम्म पनि रिजल्ट हेर्न नमिलेको, आजको युगमा पनि त्रिवि अनलाइन सिस्टममा नगएको,  विद्यार्थीको डकुमेन्ट आफैँ बिगारेर अनावश्यक रुपमा विद्यार्थीबाट शुल्क लिने गरेको र विद्यार्थीको उत्तरपुस्तिका हराएर अपराधीलाई बचाइरहेको भन्दै आफूहरूले त्रिविमा धर्ना दिएको उनीहरुको भनाइ छ ।

    विद्यार्थीहरूले बिहीबारदेखि परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत प्रशासन प्रमुखको कक्षमा धर्ना दिइरहेको उनीहरूले बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij