काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।