डोटीमा बस दुर्घटना हुँदा १५ जना घाइते

डोटीमा बस दुर्घटना हुँदा १५ जना घाइते

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • डोटीमा बस दुर्घटना हुँदा १५ जना घाइते

    काठमाडौं । डोटीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  बसमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएकाे छ ।

    धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस समूहगाडमा शुक्रवार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी कोही पनि गम्भीर घाइते नभएको प्रहरीले जनाएकाे छ । घाइतेहरूको उद्धार गरिएको र अहिले राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij