काठमाडौं । बारा प्रहरीले ६२ किलो लागुऔषध गाँजासहित गाडीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो । पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चेकजाँचको क्रममा गाडीभित्र लुकाई राखेको अवस्थामा ६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । बरामद भएको गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।