विद्यालय जान लागेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु

विद्यालय जान लागेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • विद्यालय जान लागेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु

    काठमाडौं । विद्यालय आउने क्रममा विश्वज्योति मा.वि.लामिडाडाकी शिक्षिका सावित्रादेवि मगरको पहिरोले पुरेर मृत्यु भएको छ । आज बिहान बिधालय जाने क्रममा सडक माथिबाट खसेको पहिरोमा परेर उनीको निधन भएको हो ।

    गएराती परेको अविरल वर्षाका कारण खोटाङको रावा बेसी गाउँपालिका–५ दुबेकोल  चिण्डेश्वरामा १ वटा महिला सामुदायिक भवनमा पुर्ण रुपमा क्षती भएको छ  । ३ वटा घर अझैपनि पहिरोको जोखिममा रहेको स्थानीय टंकप्रसाद निरौलाले बताए ।  

    त्यस्तै, दुबेकोलको मुल सडक र अन्य शाखा सडकहरु पहिरो अबरुद्ध भएको छ । वर्षाको कारण गाउँपालिकाको विभिन्न वडाहरुको  सडकमा समस्या आएको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij