सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते

    काठमाडौं । सिन्धुलीमा आज बिहान बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका- ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । 

    सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान ९:२० बजे वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

    गम्भीर घाइते हिमाल परियार र पवन मस्रांगीलाई पनि धुलिखेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । बाँकी ९ जना घाइतेको अवस्था भने सामान्य रहेको छ । 

    घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते अधिकांश गाेलन्जाेरकै स्थानीय बासिन्दा हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij