जथाभाबी निर्माण सामग्री थुपार्नेलाई महानगरले तिरायाे ५० हजार जरिवाना

जथाभाबी निर्माण सामग्री थुपार्नेलाई महानगरले तिरायाे ५० हजार जरिवाना

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • जथाभाबी निर्माण सामग्री थुपार्नेलाई महानगरले तिरायाे ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।  यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

    सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij