काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट खारेज गरिदिएको छ । ओलीको प्रधानमन्त्री असंवैधानिक रहेको भन्दै दायर भएको रिट बुधबनर बसेको संवैधानिक इजलासले खारेज गरेको अदालत प्रशासनले जनाएको छ ।
संविधानको गलत धारा प्रयोग गरेर एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको भन्दै यही साउन १४ गते तीनवटा रिट दर्ता भएको थियो ।
उक्त रिटमाथि सुनुवाईका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा गठित ६ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो ।